बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

भारतिय नम्बरका सवारी नेपाल आउन पाउने

images
images
http://rubasnews.com/posts/100

रुबस न्यूज
आइतबार, असोज १७ २०७८१२:५३
http://rubasnews.com/posts/100

images
images
भारतिय नम्बरका सवारी नेपाल आउन पाउने
images
images

धनगढी । कोनाका कारण लामो समय देखी बन्द भएको नेपाल भारतको सिमानाका आईतबारबाट खुला गरिएको छ । नाका खुला भएसंगै भारतीय नम्बर प्लेटका सावरी साधन पनि नेपाल प्रवेश पाउने भएका छन ।
कैलालीमा पनि आईतबारबाट भारतबाट आउने भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई नेपाल प्रवेशमा छुट दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रशाद रिजालले जानकारी दिए । भन्सारका कर्मचारीहरुले आफ्नो अफिसियल काम गर्न बाकी रहेकोले आईतबारबाट सबै प्रकृया पुरा गरेर सिमानामा आवागमन सहज भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
‘भारतका लखिमपुर जिल्ला खिरीका डिएम संग कुराकानी भएको छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने–‘नेपालबाट भारत तर्फ जान पनि सहज हुनेछ ।’ यात्रु बोकेका वा नबोकेका भारतीय निजी सवारी साधन अब शर्तसहित नेपाल आउन दिइने उनको छ ।
माथिल्लो निकायको आदेशपछि भारतीय निजी सवारी साधन नेपाल प्रवेश खुला भएको त्रिनगर भन्सार कार्यालय धनगढीले जनाइएको छ । त्रिनगर प्रहरी चौकिका इन्चार्ज प्रहरी नायव निरिक्षक रमेश शाहीका अनुसार भारतीय नम्बर प्लेट भएका सवारी आवतजावत गर्न दिइएको छ । अब भने ७२ घण्टा भित्रको स्वास्थ्य परिक्षण रिपोर्ट भएका भारतीय नागरिकले आफ्नै निजी सवारी मार्फत नेपाल आउन पाउने छन ।

images

भारतबाट आउने नागरिकले बढीमा ७ दिनका लागि एक पटकमा कारको लागि पाँच सय, मोटरसाइकलको लागि १ सय ५० र टेलरसहितको ट्याक्टरका लागि ७ सय ५० रुपैयाँ भन्सार काट्नु पर्ने छ ।


प्रतिक्रिया दिनुहोस