बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

भारतीय टेलिभिजन जगतका लोकप्रिय कलाकार अरविन्द त्रिवेदिको मृत्यु, प्रधानमन्त्रि नरेन्द्र मोदि द्धारा शोक व्यक्त

images
images
http://rubasnews.com/posts/131

रुबस न्यूज
बुधबार, असोज २० २०७८१२:४८
http://rubasnews.com/posts/131

images
images
भारतीय टेलिभिजन जगतका लोकप्रिय कलाकार अरविन्द त्रिवेदिको मृत्यु, प्रधानमन्त्रि नरेन्द्र मोदि द्धारा शोक व्यक्त
images
images

काठमाडौं ।  भारतिय टेलिभिजनमा ८० औं दशकको लोकप्रिय सिरिज ‘रामायण’मा लंकाधिपति रावणको भूमिका निर्वाह गरेका लोकप्रिय कलाकार अरविन्द त्रिवेदीको हृदयघातका कारण निधन भएको छ ।
मंगलबार राती ८३ वर्षिय त्रिवेदीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनका भतिजा कौस्तुभ त्रिवेदीले अभिनेता त्रिवेदीको मृत्युको पुष्टि गरेका हुन् । 
अभिनेता त्रिवेदीको मृत्युपछि रामायणका सहअभिनेताहरु अरुण गोविल, सुनिल लहरी, दीपिका चिखलिया र फ्यानहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्रिवेदीको निधनमा शोक व्यक्त गरेका छन् । मोदी लेख्छन् ः हामीले अरविन्द त्रिवेदीलाई गुमाएका छौं । उनी एक असाधारण अभिनेता थिए । जनसेवाप्रति उनी समर्पित थिए । भारतको आगामी पुस्ताले पनि उनलाई सम्झनेछ । ओम शान्ति ।
रामानन्द सागर द्धारा निर्देशित रामायण सिरिज पहिलो पटक सन् १८८७ देखि १८८८ सम्म भारतीय च्यानल डिडि नेश्नलमा प्रशारण भएकोे थियो ।

images

 


प्रतिक्रिया दिनुहोस