बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण

images
images
http://rubasnews.com/posts/142

रुबस न्यूज
शुक्रबार, असोज २२ २०७८११:२९
http://rubasnews.com/posts/142

images
images
३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण
images
images

काठमाडौ । चालू आर्थिक वर्षमा २०७८÷७९ मा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ बिहीबार सार्वजनिक गर्दै बैङ्कले अघिल्लो आवको तुलनामा नेपालको वृद्धिदर १.८ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।
खोप अभियानले गति लिएको तथा पर्यटन र वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा आएको सुधारले वृद्धिदरलाई सहयोग पु–याउने बैङ्कले जनाएको छ । यद्यपि सन् २०२२ मा नेपालले हासिल गर्ने वृद्धिदर कोभिड–१९ पूर्वको भन्दा तल नै रहने बैङ्कले उल्लेख गरेको छ ।
यसअघि एसियाली विकास बैङ्कले चालू आवमा नेपालले ४.१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । सरकारले भने चालू आवमा ६.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
दक्षिण एसियाली मुलुकको औसत वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण रहेको छ । जसमध्ये माल्दिभ्सले सबैभन्दा धेरै ११ प्रतिशतको वृद्धिदर हासिल गर्ने बैङ्कको अनुमान छ । त्यस्तै भारतको ७.५, बङ्गलादेशको ६.४, भुटानको ३.६, पाकिस्तानको ३.४ र श्रीलङ्काको सबैभन्दा कम २.१ प्रतिशत रहने विश्व बैङ्कले गरेको छ ।
विश्वव्यापी रूपमै आएको अर्थतन्त्र सुधारको लहर दक्षिण एसियामा समेत देखिएको बैङ्कले देखाएको छ तर अर्थतन्त्रमा आएको सुधार कमजोर रहेको र कतिपय देश कोभिड–१९ पूर्वको प्रवृत्तिभन्दा टाढा रहेको बैङ्कले जनाएको छ ।

images


प्रतिक्रिया दिनुहोस