बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

मारिया रेसा र डिमिट्री मुरोटोभलाई नोबेल शान्ति पुरस्कार

images
images
http://rubasnews.com/posts/147

रुबस न्यूज
शुक्रबार, असोज २२ २०७८०४:०५
http://rubasnews.com/posts/147

images
images
मारिया रेसा र डिमिट्री मुरोटोभलाई नोबेल शान्ति पुरस्कार
images
images

काठमाडौं । नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको छ । शुक्रबार नर्वेजियन नोबेल कमिटीले घोषणा गर्दै यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री मुरोटोभलाई दिइने भएको हो । उनीहरु दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिन लागेको हो । अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दीगो शान्तिको पूर्व शर्त रहेको कमिटीले बताएको छ ।
मारिया रेनाले फिलिपिन्समा सरकारको शक्ति दुरुपयोग, हिंसाको प्रयोग र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकी थिइन् । 
डिमिट्री मुराटोभले पनि लामो समयदेखि चुनौतीपूर्ण अवस्थामा पनि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएका छन् । उनले आफनो लेखनमा भ्रष्टाचार, प्रहरी हिंसा, अवैध पक्राउ, निर्वाचनमा धाँधलीजस्ता विषयलाई प्राथमिकता दिएका छन् ।
नर्वेजियन नोबेल कमिटीले प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइँदै आएको छ । यस वर्षको लागि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भइसकेको छ भने अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुन बाँकी छ ।

images

 


प्रतिक्रिया दिनुहोस