बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images
प्रदेशस्तरीय भलिबल प्रतियोगिता

डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर सेमिफाइनलमा

images
images
http://rubasnews.com/posts/151

रुबस न्यूज
शुक्रबार, असोज २२ २०७८०६:०१
http://rubasnews.com/posts/151

images
images
डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर सेमिफाइनलमा
images
images

महेन्द्रनगर । धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा समूह ‘क’ बाट डोटी विजेता र कञ्चनपुर उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन ।
 प्रतियोगिताको सेमिफाइनल प्रतियोगिता अन्तरगत आज ४ वटा खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पुरा भएको हो । डोटीले समूहको आफ्नो अन्तिम खेलमा कञ्चनपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । आजै सम्पन्न अन्तिम खेलमा डोटीसँग पराजित भएको कञ्चनपुरले बैतडीलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थापन बनाउन सफल भएको छ । 
समूह ‘ख’ बाट डडेल्धुरा विजेता र कैलाली उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा दार्चुलालाई ३–० को सोझो सेटमा पराजित गर्दै डडेल्धुरा समूह विजेता बनेको हो। कैलालीले पनि बाजुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । प्रतियोगिता अन्तरगत भोलि सेमिफाइनलका खेल र फाइनल हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार जारी प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूले सहभागिता रहेको थियो। 

images


प्रतिक्रिया दिनुहोस