बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

नाकामा स्वदेश फर्किनेको भीड

images
images
http://rubasnews.com/posts/165

रुबस न्यूज
आइतबार, असोज २४ २०७८०१:५०
http://rubasnews.com/posts/165

images
images
नाकामा स्वदेश फर्किनेको भीड
images
images

महेन्द्रनगर :  नेपालीहरुको महान चाड दशै तिहार नजिकिए संगै रोजगारीको शिलशीलामा रहेका नेपालीहरु चाडपर्व मनाउन घर फर्किन थालेका छन । 
 रोजगारीको लागि भारत पसेका स्वदेश फर्किने नेपालीहरुको सिमानाकामा भीड छ । अहिले दैनिक हजारौको संख्यामा नेपालीहरु घर फर्किरहेका छन । कोरोना महामारीका कारण सुनसान रहेको सिमावर्ती बजारमा चहलपहल बढेको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकामा दुई सातायता घर फर्किनेको चाप बढेको छ  । अहिले दैनिक एक हजार ÷पन्ध्र सयको संख्यामा नेपालीहरू स्वदेश फर्किरहेका छन ।

images

 जिल्ला प्रहरीका कार्यालय कञ्चनपुरका अनुसार गत दुई सातामा २४ हजार नेपाली स्वदेश फर्केका छन । नाकामा भीड भाड हुन थालेपछि प्रशासनले सुरक्षा व्यवस्था समेत कडा पारेको छ । “चाडपर्व नजिकिए संगै स्वदेश फर्कनेहरुको नाकामा भिड छ ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक सिद्धराज न्यौपानेले भने–“दैनिक पन्ध्र सयको हाराहारीमा स्वदेश फर्किरहेका छन गत १० गते यता २४ हजार नेपाली स्वदेश फर्केका छन ।” उनले नाकामा हुन सक्ने अपराधीक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले चाडपर्व लक्षित योजना बनाए सुरक्षा कडा पारिएको बताए ।


भारतबाट घर फर्किनेहरुबाट कोरोना संक्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सिमानाकामै कोरोना परिक्षण र कोभिड भ्याक्सिनको व्यवस्था गरेको छ । भारतबाट आएका सबैको नाकामा कोरोना परिक्षण गर्ने र संक्रमण देखिए सिधै आईसोलेसनमा बसाउने गरिएको छ । गड्डाचौकी नाकामा एन्टिजेन परीक्षणपछि संक्रमण पुष्टि भए महेन्द्रनगरस्थित स्वास्थ्य कार्यालयले बनाएको कम्युनिटी हेल्थ इन्स्टिच्युट (आईसीएच) को आइसोलेसनमा राख्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म आईसीएचको आइसोलेसनमा ७ जना संक्रमित बसिरहेका स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । 
नाकामा स्वास्थ्य सर्तकता अपनाए पनि नाकामा घण्टौ लाईन बस्नुपर्दा समस्या हुने गरेको घर फर्किनेहरुको गुनासो छ । “हाम्रो स्वास्थ्यको सुरक्षाका लागि परिक्षण गर्नु राम्रो हो तर दुई तिन घण्टा लाईन बस्दा समस्या भयो ।” नाकामा भेटिएका राजेश विष्टले भने –“चाडपर्वका बेला घर फर्किदा नाकामा सधै सास्ती खेप्नुपर्छ ।” 


प्रतिक्रिया दिनुहोस