बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

चाडपर्व मनाउन दुई सातामा भारतबाट ३४ हजार स्वदेश फर्किए

images
images
http://rubasnews.com/posts/168

रुबस न्यूज
आइतबार, असोज २४ २०७८०६:११
http://rubasnews.com/posts/168

images
images
चाडपर्व मनाउन दुई सातामा भारतबाट ३४ हजार स्वदेश फर्किए
images
images

महेन्द्रनगर । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दशैं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो ।

images

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन त्यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको प्रहरीले जनाएको छ ।
बितेको दुई सातायतायता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकता बढाएको छ । “ गड्डडाचौकी नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५०० जनासम्म भित्रिएको तथ्याङ्क छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले भने, “नाकामा भीडभाड बढेपछि सुरक्षा बढाउनुका साथै यात्रुको सहजतामा ध्यान दिएका छौं ।”
त्यसैगरी डोकेबजारनाका भएर चाडपर्व मनाउन स्वदेश फर्किने क्रम बढेको बताए ।

सो नाकाबाट दैनिक पाँच सयदेखि एक हजार ४०० सम्म दैनिक भित्रिएको तथ्याङ्कले देखाएको छ । गड्डाचौकी नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर निगरानी बढाइएको छ । भने यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ ।


प्रतिक्रिया दिनुहोस