बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

दार्चुलामा प्रहरिको छापा ,ठूलो रकमसहित जुवाडे पक्राउ

images
images
http://rubasnews.com/posts/169

रुबस न्यूज
आइतबार, असोज २४ २०७८०६:४२
http://rubasnews.com/posts/169

images
images
दार्चुलामा प्रहरिको छापा ,ठूलो रकमसहित जुवाडे पक्राउ
images
images

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगाको तिकंरखेडास्थित प्रेमसिंह बुढाथोकीको घरमा प्रहरीले छापा हानेको छ । छापा हान्दा एक दर्जन जुवाडे पक्राउ परेका छन् । घरभित्र जुवा खेल भइरहेको सूचनाको आधारमा छापा हान्दा जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
   दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोलीले जुवाघरमा छापा हान्दा ठूलो रकमसहित  जुवाडे पक्राउ परेको बताइएको छ । प्रहरीले दशै तिहारको पूर्वसन्ध्यामा जुवा घरमा छापा हानेको हो । 
पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन् ।  जुवाखालमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरु, राजनीतिक दलका नेता कार्यकर्ता र व्यापारी रहेको बताइएको छ । 

images


प्रतिक्रिया दिनुहोस