बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

पुरुषलाई सुत्केरी भत्ता

images
images
http://rubasnews.com/posts/170

रुबस न्यूज
आइतबार, असोज २४ २०७८०६:५३
http://rubasnews.com/posts/170

images
images
पुरुषलाई सुत्केरी भत्ता
images
images

महेन्द्रनगर । कञ्चनपुरबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले पुरुष पत्रकारलाई सुत्केरी भत्ता दिएको छ । महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति दैनिकले पत्रकार मदन नेपालीलाई प्रोत्साहन स्वरुप नगद दुई हजार पाँच सय रुपैयाँ सुत्केरी भत्ता दिएको हो । 
दैनिकका सह–सम्पादक पहिलाद रानाले सुत्केरी भत्ता वाफतको रकम हस्तान्तरण गरेका हुन । जनक्रान्ति दैनिकका कार्यकारी सम्पादक मोहन बिष्टले संस्थामा आवद्ध पत्रकारको सामाजिक सुरक्षालाई ध्यान राखेर आर्थिक सहयोग गर्ने नीतिअनुसार नेपालीलाई प्रोत्साहन भत्ता दिइएको बताए ।  उनले संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीहरु विरामी हुँदा, दुर्घटनामा पर्दा तथा सुत्केरी अवस्थामा प्रोत्साहन भत्ता दिदै आएको बताए । 

images


प्रतिक्रिया दिनुहोस