बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु ,१४ घाईते

images
images
http://rubasnews.com/posts/171

रुबस न्यूज
सोमबार, असोज २५ २०७८०७:२९
http://rubasnews.com/posts/171

images
images
अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु ,१४ घाईते
images
images

महेन्द्रनगर । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १४ जना घाइते पनि भएका छन । मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ । पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्। यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट पनि घाइते भएका छन ।

images

 


प्रतिक्रिया दिनुहोस