बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

थारु बस्तीमा सखिया नाचको रौनक

images
images
http://rubasnews.com/posts/172

रुबस न्यूज
सोमबार, असोज २५ २०७८०८:०५
http://rubasnews.com/posts/172

images
images
थारु बस्तीमा सखिया नाचको रौनक
images
images

महेन्द्रनगर । दशै सुरु भएसंगै थारू बस्तीमा सखिया नाचको रौनक छाउन थालेको छ । यतिबेला थारू बस्तीमा अबेर रातिसम्म मादल घन्किन थालेको छ । 
कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँकी मीना चौधरीलगायत उनका साथीसंगी दिनभरि आफ्ना काममा व्यस्त भए पनि साँझपख भने एकै ठाउँ जम्मा हुन्छन । उनीहरू गाउँका बडघरको आँगनमा पुगेर प्रत्येक साँझ सखिया नाच्छन । उनीहरूले दसैं आगमनसँगै सखिया नाच्न सुरु गरेका हुन । ‘सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौं ।’ मीना चौधरीले भनिन ‘यसले हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण पनि हुन्छ ।’ लोप हुँदै गएको थारू संस्कृति जोगाउन पढेलेखेका युवायुवती पनि सखिया नाचमा सहभागी भएको उनको भनाई छ  । 

images


थारू बस्तीमा सखिया नाचको मादल बज्न थालेपछि दसैं आएको आभास हुने वनगाउँका चमन चौधरीले बताए । उनले भने ‘सखिया नाच नभएपछि गाउँमा दसैं आएको हो कि होइन पत्तो नै हुन्न ।’ थारू भाषामा सखीको अर्थ साथीसंगी हुन्छ । गाउँका सबै साथीसंगी मिली नाचिने भएकोले यसको नाम सखिया हुन गएको उनले बताए । 
सखिया नाच्ने युवतीले सेतो रंगको फरिया र रातो रंगको चोलिया लगाउने गर्छन भने केटाले सेतो रंगको धोती र रुचिअनुसारको रंगको कमिज लगाउने गर्छन । सखिया नाच्ने युवतीहरूले मुख्य मादलेको मादल रंगीविरंगी कपडाले सजाइदिने चलन पनि छ ।

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने जानकी गाउँपालिका–३ की सुनकेशरी चौधरीले बताइन । उनले भनिन ‘भगवान् कृष्णको जीवन कथामा आधारित गीत नसकिएसम्म नाच सकिँदैन । गीत सकिएपछि मात्र नाच सकिन्छ ।’  दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैंका दिन भने दिनभरि नाच्ने गरिन्छ । सखिया नाच सकिएपछि जम्मा भएको पैसाले सबै मिली नदीबाट मारेर ल्याएको माछा र अन्य परिकार तयार पारी खान्छन् । खाने बेला गुरुवाले पूजाआजा गर्ने, गाउँको बडघर र मान्यजनसँग बसेर भोज खाने गर्छन् र नाच सकिन्छ ।


प्रतिक्रिया दिनुहोस