बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

हाम्रो टिमद्धारा अनाथालयलाई सहयोग

images
images
http://rubasnews.com/posts/177

रुबस न्यूज
सोमबार, असोज २५ २०७८०५:१८
http://rubasnews.com/posts/177

images
images
हाम्रो टिमद्धारा अनाथालयलाई सहयोग
images
images

महेन्द्रनगर । महेन्द्रनगरका युवा व्यवसायिहरुको समुह(हाम्रो टिम)ले समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरलाई सहयोग गरेको छ ।
महेन्द्रनगरको कटान घर भएर हाल अमेरिकामा बसिरहेका बिकास भट्ट र उनका साथीहरुले पठाएको तीनलाख ६ हजार मध्ये हाम्रो टीमले १ लाख बेतकोट नगरपालिकाकाले निर्माण गरेको कोभिड सेन्टरलाई सहयोग गरेको थियो । बाँकी रकमले वालबालिकालाई ट्रयाकसुट, बर्ष दिनका लागि दुधको व्यवस्था मिलाएको हो ।
सोमबार हाम्रो टिमका संयोजक समाजसेवी व्यवसायी दिनेश मल्लको नेतृत्वमा यहाँका व्यवसायिहरुले अनाथालयलाई वाटर डिस्पेन्सर,न्यानो कपडा र खेलकुद सामाग्री हस्तान्तरण गरेका छन त्यसैगरी १ वर्षसम्म महिनाको ६ लिटर दुध उपलब्ध गराउने घोषणा गरेका छन । कोभिडको सुरुवाती समयमा नेपाल भारत नाका बन्द भएपछि रोजगारीको लागि भारतमा रहेका नेपालीहरु नाकामा भोकभोकै बस्नुपरेको थाहा पाएपछि हाम्रो टिमले पश्चिमी सिमानाका गड्डाचौकीमा खानाको व्यवस्था गरेको थियो । पहिलो चरणको कोभीडको समय गड्डाचौकी नाकामा २३ हजार नेपाली नागरीकलाई खाना खुवाएको हाम्रो टिमले दोस्रो चरणको कोरोना महामारीका बेला महाकाली अस्पतालमा अक्सिजन सिलण्डर उपलब्ध गराएको थियो ।  

images


अक्सिजन अभावले कोभिड संक्रमितले ज्यान गुमाईरहेका बेला हाम्रो टिमले महाकाली अस्पताललाई ५ सय अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । कोरोना महामारी बेला स्वदेश फर्किने नेपाली र अस्पतालमा अक्सिजन अभावले छटपटाईरहेको देख्दा आफु निकै भावुक भएको हाम्रो टिमका संयोजक दिनेश मल्ल बताउँछन । महाकारीको त्यो बेला सहयोग गर्न पाउदा आफु निकै खुसी भएको उनको भनाई छ ।
कोभिडको महाकारीका बिच नेपालीहरु सिमानाकामा अलपत्र परेको सुचना पाएपछि भोकभोकै रहेका नेपालीदाजुभाईलाई खानाको व्यवस्था गर्न पहल गरेको हाम्रो टिमका सदस्य एवम कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले बताए । सहयोग सामाग्री बुझ्दै अनाथालयका अध्यक्ष पूर्ण वहादुर चन्दले महेन्द्रनगरका युवा व्यवसायिहरुको पुण्य को कामले आफु निकै खुसी भएको बताए । 

 


प्रतिक्रिया दिनुहोस