बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

जुम्लाका दुई युवाले बनाए कार

images
images
http://rubasnews.com/posts/29

रुबस न्यूज
बिहीबार , भदौ ३१ २०७८०८:१०
http://rubasnews.com/posts/29

images
images
जुम्लाका दुई युवाले बनाए कार
images
images

स्थानीय स्रोतसाधनको प्रयोग गरि जुम्लाका दुई युवाले कार निर्माण गरेका छन् । जुम्ला सिंजा गाउँपालिका २ चुलेलगाउँका दुई युवाले कार बनाएर गुडाएका छन् । चुलेगाउँ निवासी युवा प्रसान्त बिक र अज बिकले बनाएको कार सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उद्धाटन गरेका छन् । स्थानीय स्रोतसाधनबाट बनाइएको गाडी नाग्म गमगडी राजमार्गमा गुडाएपछि स्थानीयबासी दंग भएका छन् ।

images

२० वर्षिय प्रशान्त र १९ वर्षका अजले स्थानीय काठ र फलाम, सोलार पावरसहित बवाहिरी आवरण सिसाबाट कार निर्माण गरेका हुन् । नयाँ वर्षका दिनमा उद्घाटन गरिएको उक्त गाडी एकसय मिटर गुडाइएको थियो । गाडीभित्र चालकसहित ५ जना यात्रु बस्न मिल्छ । आफूहरुले अवसर पाए मोटरसाइकल समेत बनाउन सक्ने युवाहरु बताउँछन् । सिंजा गाउँपालिका अध्यक्ष रावलले युवाहरुको मिहिनेत र सृजनशिलता उजागर तथा प्रोत्साहन गर्न स्थानीय सरकारले सहयोग गर्ने बताए । युवाहरुलाई शसक्त बनाउन सीपयुक्त तालिमको व्यवस्था गरिने अध्यक्ष रावलको प्रतिवद्दता जनाए ।यसैगरी गाउँपालिकाले युवाहरुले बनाएको कारलाई सिंजामा बन्दै गरेको खस संग्राहलयमा राख्ने समेत बताएको छ । युवा प्रतिभा पहिचान गर्न पर्यटकहरुलाई देखाउन संग्राहलयमा सुरक्षित राख्ने पालिको भनाइ छ ।कोरोबारदैनिकबाट


प्रतिक्रिया दिनुहोस