बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

नेकपाका जिल्ला देखी केन्द्रसम्मका बैंक खाता रोक्का , दैनिक करोडौका कार्यक्रम ,कसरी ?

images
images
http://rubasnews.com/posts/33

रुबस न्यूज
बिहीबार , भदौ ३१ २०७८०८:२९
http://rubasnews.com/posts/33

images
images
नेकपाका जिल्ला देखी केन्द्रसम्मका बैंक खाता रोक्का , दैनिक करोडौका कार्यक्रम ,कसरी ?
images
images

गत पुस ५ मा नेकपा विभाजन भएपछि नेकपाका जिल्ला देखी केन्द्रसम्मका बैंक खाता रोक्का गरिएको छ ।
राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेको सबै बैंक खाता रोक्का गर्न गत पुसमै निर्देशन दिएको थियो ।
तर नेकपाका दुबै पक्ष ओली समुह र दाहाल नेपाल समुहका कार्यक्रम भने तिब्र भइरहेका छन । हालसम्म नेकपाका ओली समुह र प्रचण्ड माधव समुहका केन्द्रिय भेला, जिल्ला भेला, प्रदेश भेला सम्पन्न भइसकेका छन ।
ओली समुहले आफु पक्षिय भातृ संगठनहरुको जिल्लादेखी केन्द्रिय भेला सम्पन्न गरिसकेको छ भने प्रचण्ड माधव समुहले पनि आफु निकटका भातृ संगठनहरुका जिल्लादेखी केन्द्रिय स्तरसम्मका भेला सम्पन्न गरिसकेका छन । दैनिक जसो हुने यी भेलाको खर्चको स्रोत खुल्न सकेको छैन ।
शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित प्रचण्ड नेपाल समुहको विरोधसभामा महेन्द्रनगरबाट मात्रै दर्जन बढी बस बुकिङ्ग भएर धनगढी गएका छन । नेकपाको खाता बन्द भएको अवस्थामा विरोध कार्यक्रमहरुका लागि दर्जनौ बस बुकिङका लागि पैसा कहाँबाट आउँछ भन्ने प्रश्न जनमानसमा उठेको छ । कार्यक्रममा खर्च हुने पैसाको स्रोत के ? राजनीतीक दलले गर्ने कार्यक्रमको खर्च अपार्दशी हुनेगरेको जनगुनासो रहेको अवस्थामा दैनिक जसो भइरहेका विरोध कार्यक्रमहरुले उक्त कुरा पुष्टि गर्छ । हाल नेकपाका दुबै पक्षले दैनिक करोडौका कार्यक्रम देशभरी गरिरहेका छन । नेकपा केपी ओली समूह र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ ।

images
 


प्रतिक्रिया दिनुहोस