बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images
४२ औं विश्व पर्यटन दिवस

तंग्रिएला त पर्यटन व्यवसाय !

images
images
http://rubasnews.com/posts/81

रुबस न्यूज
सोमबार, असोज ११ २०७८१०:१५
http://rubasnews.com/posts/81

images
images
तंग्रिएला त पर्यटन व्यवसाय !
images
images

महेन्द्रनगर । कोभीड–१९ का कारण नराम्ररी प्रभावित भएको पर्यटक व्यवसाय तंग्रिने आशा पर्यटन व्यवसायीले गरेका छन ।
कोभिड–१९ कै कारण बन्द भएकोे अनअराइभल भिसा खुल्नु, पूर्ण खोप लगाएका पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने र कोभिड–१९ विरुद्धको खोपको मात्रा बढेपछि पर्यटन गतिविधि बढ्ने आशा व्यवसायीहरुको छ ।
 आज ४२ औं विश्व पर्यटन दिवस मनाइँदै छ । पर्यटन दिवसकै अवसर पारी ११ देशका राजदुत नेपालको प्रमुख पर्यटकिय गन्तव्य पोखरामा पुगेमा छन । यसले पनि पर्यटन व्यवसायीहरु उत्साहित भएका छन । कोभिडपछि पर्यटन गतिविधि शिथिल बन्दा अर्थतन्त्र पनि प्रभावित बनेको थियो । पछिल्लो समय पर्यटन क्षेत्र पुनरुत्थान हुने क्रममा रहेको छ । बाह्य पर्यटकहरु केही मात्रामा नेपाल पुगेपनि पर्यटकिय क्षेत्रमा आन्तिरीक पर्यटकहरुको बाक्लो उपस्थीती देखिन्छ । 
विदेशी पर्यटकका लागि सरकारले आगमनका लागि सुरक्षित र भन्झटिलो प्रक्रिया छोडेर सहज वातावरण बनाउनुपर्ने व्यवायीहरुको भनाई छ । सरकारले पर्यटक ल्याउने वातावरण विकास गर्न सकेमात्र पर्यटन व्यवसाय तंग्रिने आशा व्यवसायीहरुको छ ।
केन्द्रीय तथ्यांक विभागको अनुसार पर्यटन क्षेत्र चौथो सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र हो । जसले गर्दा पर्यटकिय गतिविधि बढे लाखौले रोजगारीको अवसर पाउने छन । 

images


प्रतिक्रिया दिनुहोस