बुधबार, कात्तिक १० गते २०७८ || Oct 27, 2021
  • यो साता चर्चामा :
images
images

भारतबाट घर फर्किनेको नाकामै कोरोना परीक्षण

images
images
http://rubasnews.com/posts/99

रुबस न्यूज
आइतबार, असोज १७ २०७८१०:२३
http://rubasnews.com/posts/99

images
images
भारतबाट घर फर्किनेको नाकामै कोरोना परीक्षण
images
images

महेन्द्रनगर । दशैतिहार नजिकिए संगै भारतबाट स्वदेश फर्किनेहरुको नाकामा भीड लाग्न थालेको छ । 
कञ्चनपुरको सीमानाका गड्डाचौकी भएर भारतबाट घर फर्किने नेपालीहरुको नाकामा कोरोना परिक्षण गर्ने र संक्रमण देखिए नाकाबाटै आइसोलेसनमा बसाउने गरिएको छ ।

images

कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन परीक्षणपछि संक्रमण पुष्टि भए महेन्द्रनगरस्थित स्वास्थ्य कार्यालयले बनाएको कम्युनिटी हेल्थ इन्स्टिच्युट (आईसीएच) को आइसोलेसनमा राख्ने गरिएको हो ।  शनिबारसम्म आईसीएचको आइसोलेसनमा ११ जना संक्रमित बसिरहेका छन । गड्डाचौकी नाका भएर घर फर्किनेलाई एन्टिजेन परीक्षणपश्चात् संक्रमण पुष्टि भए महाकाली प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत आइसोलेसनसम्म पु¥याइने व्यस्था गरेको छ भने आफ्नै घर जान चाहनेले सम्बन्धित पालिकाको सिफारिस र छट्टै सवारीसाधन वा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने व्वयस्था मिलाएको छ ।

चाडपर्व नजिकिएसँगै भारतबाट घर फर्किने नेपालीको चाप बढ्न थालेको छ । अहिले दैनिक ६÷७ सयको संख्यामा घर फर्किन लागेका छन । शनिबार गड्डाचौकी नाकाबाट ७ सय ८८ जना भित्रिएका छन । जसमध्ये ७ सय ५६ को एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ  । यसैगरी गौरीफन्टा नाकाबाट ४ सय २४ जना भित्रिएका छन् । तीमध्ये २ सय २५ को एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएन । स्वास्थ्य कार्यालयका अनुसार गड्डाचौकी नाकामा हालसम्म ४७ हजार ६ सय ३३ को एन्टिजेन परीक्षण गर्दा ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । यता गौरीफन्टा नाकामा भने स्वदेश भित्रिने सबैको परीक्षण गरिँदैन । समूहमा आउनेमध्ये केहीको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भए दुई साता आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

 हरेक दिन पाँच सयभन्दा बढी घर फर्किरहेका नेपालीको हरेक समूहबाट २÷३ सय जनाको मात्रै एन्टिजेन परीक्षण हुने गरेको छ । पछिल्लो समयमा कतिपयले भारतमै कोरोना परीक्षणको रिपोर्ट पनि साथै लिएर आउने गरेकोले भारत सरकारको सरकारी अस्पतालको परीक्षण रिपोर्ट लिएकालाई भने नाकामा जाँच गरिँदैन ।

 


प्रतिक्रिया दिनुहोस